मनाङ मर्स्याङ्दी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

0Shares

मनाङ मर्स्याङ्दी क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मनाङमस्र्याङ्दी थण्डरबोल्ट नर्थ युनाईटेड क्लब सिक्कीमबिरुद्द १–० को कठीन जित निकाल्दै सहारा क्लव पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो । मनाङमस्र्याङ्दीको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । उनले निर्धारित ९० मिनेटको समय सकिएर थपिएको अतिरिक्त समयको पहिलो हाफको ईञ्जुरी समयमा गोल गर्दै मनाङलाई बिजयी गराए ।

प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा पहिलो र दोस्रो हाफ गोलरहित बराबरी भएको थियो । पहिलो हाफ पर्ख र हेरको रणनीति अप्नाएको दुबै टोलीले दोस्रो हाफमा भने एकअर्काप्रति दवाब बढाएका थिए । काउण्टर अट्याकको रणनीति बनाएको दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि सदूपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको ईञ्जुरी समयमा मनाङले कर्नर पायो । जसको सदूपयोग गर्दै मनाङका आशिष श्रेष्ठले हेडर गोल गरे । त्यसपछिको अतिरिक्त समयको दोस्रो हाफमा दुबै तर्फबाट गोल गर्न नसकेपछि सोहि गोल नै निर्णायक बन्यो ।

यसअघि निर्धारित ९० मिनेटको समय सकिए पछि थपिएको सातौं मिनेटमा थण्डरबोल्टको गोलले मान्यता नपाउनु उसका लागि दुर्भाग्य बन्यो । खेलको ९७ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट थन्डरबोल्टका खेलाडी सुराग क्षेत्रीले गरेको प्रहार बारमा लागेर गोल लाईन भित्र ठोक्किएर रिबाउण्ड भए पनि रेफ्री उमेश विडारीले मान्यता दिएनन् । यस विषयमा थन्डरबोल्टले केहिबेर गोल भएको जिकीरसमेत गरेको थियो । सो गोलले मान्यता नपाउनु नै दुर्भाग्य बन्दा थन्डरबोल्ट पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ । सोमबारको खेलमा मनाङका लागि निर्णायक गोलकर्ता आशिष श्रेष्ठ प्लेयर अफ म्याच घोषित भए ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *