गुणस्तरीय शिक्षाका लागि सामुहिक प्रयासको खाँचो

0Shares

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, अभिभावक र विद्यार्थीको सामुहिक प्रयास आवश्यक पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पोखरा महानगर शिक्षा महाशाखाद्धारा सञ्चालित सिर्जनात्मक वहुदेश्यीय सामुदायिक सिकाई केन्द्रद्धारा जानकी माविमा आयोजित अभिभावक शिक्षा प्रशिक्षण कार्यक्रममा वक्ताहरुले अभिभावकलाई कर्तव्य बोध गर्दै शिक्षकलाई थप जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका हुन ।

शिक्षा महाशाखाका बरिष्ठ अधिकृत कृष्णप्रसाद भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीको पहिलो पाठशाला घर भएको बताउँदै पठनपाठनमा अभिरुची अभिवृद्धिका लागि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । सिर्जनात्मक वहुदेश्यीय सामुदायिक सिकाई केन्द्र पोखरा १७ का सचिव गिता बास्तोलाका अनुसार केन्द्रले यसअघि गृहणी महिलाका लागि कौशिखेती र मोतीमाला बनाउने तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।

दिपेन्द्र ढकालले प्रशिक्षण प्रदान गर्नुभएको कार्यक्रममा एकसय जना अभिभावकको सहभागिता रहेको थियो । केन्द्रका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबावु भण्डारी, शिक्षक तुलसी गिरी लगायतले कार्यक्रमको महत्व माथि चर्चा गर्नुभएको थियो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *