ब्रेकिङ बाउण्ड्रिज टी–२० क्रिकेट शुरु, नवप्रतिभाशालि खेलाडी उत्पादनमा प्रतियोगिता सिद्ध–वडाध्यक्ष बराल

0Shares

पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशनको मुख्य सहयोगमा पोखरामा पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले एक समारोहका विच प्रतियोगिताको उद्घघाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दैै वडाध्यक्ष बरालले विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले नवप्रतिभाशाली खेलाडी उत्पादनमा मद्धत पुग्ने बताउनुभयो ।

खेलाडीहरुभित्र रहेका प्रतिभा प्रस्फुटन गर्न पनि यस्ता प्रतियोगिता सिद्ध हुने उहाँले औंल्याउनुभयो । पछिल्लो समय नेपालमा क्रिकेटको लोकप्रियता बढेको जनाउँदै अब यस खेलमा व्यवसायिकताको खाँचो रहेको उहाँले जनाउनुभयो । सो अवसरमा आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवर, किडासा फाउण्डेशनका वित्त व्यवस्थापक सविन उदास, बाराही माविका प्रध्यानाध्यापक शिवप्रसाद भण्डारी, खेल शिक्षक सुसिल केसी, गण्डकी प्रदेश क्रिकेट संघका प्रशिक्षक रिजन प्रजु लगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

यसैविच मालेपाटन खेल मैदानमा भएको उद्घाटन दिनको खेलमा छात्रतर्फ बाराही माविले राष्ट्रिय माविलाई ७ रनले पराजित गरेको छ । टस जितेको राष्ट्रिय माविले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको बाराहीले निर्धारित १९ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । प्रत्युत्तरमा राष्ट्रिय माविले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय २ रन बनायो ।
प्रतियोगितामा कास्कीका २० विद्यालयले सहभागिता जनाएका छन् । छात्र छात्रा दुवैतर्फ विजयी विद्यालयले नगद १५/१५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सहभागि विद्यालयहरुलाई क्रिकेट खेल सामग्री सहयोग प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवरले जानकारी दिनुभयो ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *