साउन १८ गते रिलिज भएको नेपाली चलचित्र ‘मोदीबेनी’ फिल्मको पहिलो हाफ एउटा गाउँको परिवेशमा हुर्कदै गरेको प्रेम कथा, शिक्षा क्षेत्रको विकास, केहि राजनीति घुसाउन खोजिएपनि मध्यान्तर पश्चात भने कथा तथा विषयवस्तु पुरै टुइष्ट हुन्छ । दर्शकले सोंचेको भन्दा धेरैनै फरकतर्फ कथा बस्तु जान्छ । तर अन्त्यमा भने कथाले पुरानै धारलाई समात्छ र दर्शकलाई फेरी लयमा ल्याउँदै फिल्म सकिन्छ । केहि थ्रिलर, केहि हरर खाले देखिने फिल्मको कथा बस्तु भने सत्य घटनामा आधारित रहेको फिल्म मेकर युनिटको भनाई छ ।
फिल्मका कलाकारहरु दर्शको राय बुझ्न पोखराको हलमा समेत आइपुगेका थिए । मोदीबेनी टिमका कलाकारहरू तथा निर्देशक र निर्माताको टिम पोखरा आएका हुन् । हलमा अभिनेत्री रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शङ्कर कोइराला, लेखक आनन्द बिक्रम क्षेत्री, निर्माताहरू दिलीप केसी तथा हरि श्रेष्ठ लगायतको टिमले पोखरेली दर्शकहरुलाई फिल्मको बारेमा प्रतिक्रिया लिंदा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका थिए । उनीहरुले दर्शकसंग गरेको साक्षात्कारमा पोखराकी संचारकर्मी एवं यस रेडियो बाराही ९९.२ की रोजी श्रेष्ठको अभिनय रहेको साथै सो फिल्मको प्रचारमा विशेष योगदान गर्नुभएको थियो ।
भरिभराउ दर्शक भेटेपश्चात् निर्देशक शङ्कर कोइरालाले दर्शकले फिल्मको ‘थ्रिलिङ पार्ट’ लाई रुचाएको बताउनुभयो । सीमित शो र भएका शो हरूमा टिकट नपाउँदा केही दर्शक फर्किन बाध्य भएको समेत जानकरी उहाको थियो । दर्शकको प्रतिक्रिया बुझ्दा ‘वर्ड अफ माउथ’ ले राम्रै काम गरेको देखिएको आयोजकले बताउनुभयोको थियो । डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्ममा प्रवीण खतिवडा,सरोज खनाल, जीवन भट्टराई, कमलमणि नेपाल, हिउवाला गौतम लगायतको पनि अभिनय रहेको छ ।
