चैत्र १६ देखि पोखरामा टेनिसको ‘समर क्याम्प’

0Shares

युवा खेलाडीहरुलाई टेनिसतर्फ आकर्षित गर्दै टेनिस खेलको प्रारम्भिक ज्ञान दिने उद्येश्यका साथ कास्की जिल्ला टेनिस संघले विद्यार्थी लक्षित ‘समर टेनिस क्याम्प’ कार्यक्रम सुरु गर्ने भएको छ । ‘लेट्स लर्न टेनिस’ भन्ने नाराका साथ यहि चैत्र १६ गतेबाट समर क्याम्प सुरु गर्ने भएको हो । तीन साता सम्म सञ्चालन हुने ‘समर टेनिस क्याम्प’ वार्षिक परिक्षा दिएर बसेका बालबालिका लक्षित कार्यक्रम भएको आयोजक संघका अध्यक्ष राजकुमार गुरुङको भनाई छ ।

संघले टेनिस विकासका लागि ग्रास रुट लेभलको प्रशिक्षण सुरुवात गर्ने योजना अनुरुप समर क्याम्पको कार्यक्रम अघि सारेको हो । समर क्याम्पमा ६ देखि १४ वर्ष भित्रका बालबालिका लाई प्रशिक्षण दिइने बताइएको छ । टेनिसका अनुभवि प्रशिक्षकहरु कुमार अधिकारी, निरज थापा, शक्ति शर्मा लगायतले प्रशिक्षण प्रदान गर्नेछन् । फुर्सदमा बसेका विद्यार्थीले समयको सदुपयोग गर्न यो क्याम्प उपयुक्त हुने प्रशिक्षक कुमार अधिकारीको भनाई छ । संघले विगतका वर्षहरुमा पनि यो कार्यक्रम गर्दा रंगशालाको टेनिस कोर्ट टेनिसमय बन्ने गरेको थियो । यसपटक पनि अपेक्षा उस्तै रहेको अर्का प्रशिक्षक निरज थापा बताउँछन् ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *