पोखरामा देउसी भैलो खेलेर पुलिसले किन्यो मोटरसाइकल

0Shares

तिहारको अवसरमा वडा प्रहरी कार्यालय बैदाम, कास्कीले आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट संकलित रकमबाट कार्यालय प्रयोजनका लागि एउटा मोटरसाइकल खरिद गरिएको छ।देउसी–भैलो कार्यक्रमबाट २ लाख २१ हजार ५ सय १४ रुपैयाँ संकलन भएको थियो।

उक्त रकममा कार्यालयले केही थप गरी २ लाख २४ हजार ९७० मा एउटा मोटरसाइकल खरिद गरिएको हो। खरिद गरिएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईलाई हस्तान्तरण गरे ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *