बझाङ केन्द्रविन्दु बनाएर ४.९ म्याग्निच्युडको भूकम्प

0Shares

बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ बजेर ८ मिनेटमा ४ दशमलव ९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ ।

मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रासित भएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। स्थानीयले केही घर चर्किएको बताएका छन्। यता प्रहरीले भने भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ।

Be the first to write a review

Leave a Reply

Your email address will not be published. Required fields are marked *